भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, तर नेपाल निगमले नघटाउने
पोखरा
भारतबाट नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले जनाएको छ ।
तर नेपाल आयल निगमले यसपटक मूल्य नघटाउने जनाएको छ। निगमले आईओसीलाई ११ अर्ब र नेपाल सरकारको सात अर्ब ऋण अझै बाँकी रहेकाले तत्काल मूल्य नघटाउने बताएको छ।