भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश
पोखरा
प्रधानमन्त्री कप त्रिदेशीय फुटवल प्रतियोगिता अन्तर्गत भुटानसँग बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको छ ।
नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो । नेपाल १-० ले पछिपरेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारेका थिए ।
यसअघि भुटानले १९औं मिनेटमा गोल गरेको थियो। १९औं मिनेटमा भुटानका खेलाडीले गोल गरेका हुन्। कर्नर बलमा हेडमार्फत तेन्जिङ नोर्बुले गोल गरेका हुन्। भुटानसँग १-१ को बराबरीले पनि नेपाल फाइनलमा पुगेको छ । नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ । बराबरीका बावजुद भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ ।