आज बुधबार बढ्यो सुनको मूल्य
पोखरा
नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, बुधबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेर १ हजार ३ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।