गण्डकी प्रदेशको मुख्य न्याधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त
पोखरा
गण्डकी प्रदेश सरकारको मुख्य न्याधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई मुख्य न्यायाधिवक्तमा नियुक्त गरेको हो । म्याग्दीका शर्मा यसअघि स्थानीय निर्वाचनमा पराजित भएका थिए । बेनी नगरपालिकाको मेयरका उम्मेदवार बनेका शर्मा एमालेका सुरत केसीसँग पराजित भएका थिए ।