सरकारको आलोचना गर्ने बेला भइसकेको छैन : नेता माधवकुमार नेपाल



पोखरा

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको यो आधार वर्ष भएकाले आलोचना गर्ने बेला भइनसकेको बताएका छन्।

उनले पार्टी एकताले लामो समयसम्म पूर्णता नपाउँदा सरकारले गरेका राम्रा कामको प्रचार हुन नपाएको बताए । संविधानसभाका पूर्वसभासाद् अनारकली मियाँको ‘संसद्मा पहिलो पाइला’ पुस्तकको विमोचन गर्दै नेता नेपालले नागरिकले परिवर्तनको अनुभूति गर्ने ढङ्गले सरकारले काम कारवाहीलाई अघि बढाउनुपर्ने बताए । “सरकारले ल्याएका नीति तथा कार्यक्रम पारित भएको छ”, उनले भने, “अब बजेटमार्फत जनमुखी र लोकप्रिय कार्यक्रम ल्याउनुपर्छ ।” नेता नेपालले चुनावमा गरेका प्रतिबद्धता बजेटमार्फत सम्बोधन गर्न नसकिए सरकारप्रतिको विश्वास घट्दै जाने बताए । उनले पार्टी एकताले पूर्णता पाइसकेको भन्दै अब केही दिनमै पोलिटब्यूरो गठन हुने बताए। “मियाँ सिर्जनशील व्यक्ति हो”, उनले भने, “संविधानसभा र संविधान बनेपछिको रुपान्त्रित संसद्मा उहाँको भूमिका निकै प्रभावकारी रह्यो ।” नेता नेपालले समाजका लागि योगदान गरेका जो कोही व्यक्तिले पनि संस्मरण लेख्नुपर्ने बताए ।

पुस्तकको टिप्पणी गर्दै नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले मियाँले सरल भाषामा आफ्नो जीवनको भोगाइको यथार्थ चित्रण गरेको बताए। “पाण्डुलिपि हात परेको दिन म पूरै नपढी अरु काम गर्नै सकिन”, उनले भने, “पढ्दै जाँदा उनका शब्दले मलाई निकै छोयो ।” नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले आफू जस्तै संसद्को अनुभव गर्न नपाएकालाई पुस्तकबाट केही कुरा सिक्ने अवसर मिल्ने बताए । राष्ट्रियसभाका सदस्य रामनारायण विंडारीले मियाँले लेखेको पुस्तकले समाज परिवर्तनमा ठूलो योगदान पुर्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja