स्नेलफिसको ३ वटा नयाँ प्रजातिहरुको पत्ता लाग्यो
पोखरा, १४ असोज ।
हालसालै गरिएको एउटा अनुसन्धानबाट स्नेलफिसका ३ वटा प्रजातिहरुको पत्ता लागेको छ । यी प्रजातिहरु एटाकामा खाडिको एकदम गहिराइमा पत्ता लागेका हुन् । यो अनुसन्धानमा १७ वटा फरकफरक देशका ४० जना वैज्ञानिकहरुको पनि सहभागिता थियो । समुहमा न्युक्यास्टल युनिभर्सिटिका डा. एलान जेमिसन र डा. थोमस लिन्लेको पनि सहभागिता थियो । एटाकामा खाडि यस्तो खाडि हो जुन एकदम गहिरो छ र जीवनको जानकारीको धेरै जानकारी यहाँ पाइन्छ । यो खाडि ६००० कि.मि. लामो र ८००० मि. भन्दा बढि गहिरो छ ।
डा. थोमस लिन भने, “स्नेलफिसको बारेमा केहि रोचक कुरा छ, जसले यसलाई त्यति गहिराईमा पनि बाँच्न अनुकुल बनाएको छ । त्यति गहिराइमा अरु माछाहरु पुग्न सक्दैनन् र जसको कारणले यीनीहरु प्रतिस्पर्धि र शत्रुहरुबाट स्वतन्त्र भएर बाँच्न सक्छन् । क्यामरामा खिचिएको फुटेजले प्रष्ट देखाउँछ कि स्नेलफिसको शिकारहरु प्रशस्त भएको र त्यहाँ उनीहरुको लागि कुनै खानाको कमि नभएको ।”