श्रीलङ्काको राजनीतिक सङ्कट गहिरिँदै



रासस/एएफपी
कोलोम्बो, १० कात्तिक

श्रीलङ्काको राजनीतिक सङ्कटसँगै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार संसदको वैठकलाई स्थिगित गरेका छन् ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्रीबाट निस्कासन गर्दै तीन दशक लामो गृहयुद्धलाई अन्त्य गरेका शक्तिशाली पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका सिरिसेनाले संसदमा आफूमाथि हुनसक्ने चुनौति पन्छ्याउन संसद अधिवेशन आगामी नोभेम्बर १६ सम्मका लागि स्थगित गरेका हुन । राजापाक्षेमाथि मानबअधिकार हनन तथा भ्रष्टाचार गरेको आरोप लागेपछि पछिल्लो संसदीय निर्वाचनमा उनको दल श्रीलङ्का फ्रिडम पार्टीले नराम्रो पराजयको सामना गरेको थियो ।

राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाएको र प्रधानमन्त्रीको दल सत्ताधारी गठबन्धनबाट हटेको अवस्थामा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै यहाँको सुरक्षास्थिति मजबुत पारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सबै सुरक्षाकर्मीलाई विदा रद्द गराएर कार्यालयमा उपस्थित हुन निर्देशन भएको छ ।

संसदका अधिकारीहरूले संसद नोभेम्बर १६ सम्मका लागि स्थगित भएको जनाएका छन् ।
शुक्रबारमात्र अपदस्थ गरिएका प्रधानमन्त्रीले संसद बैठक स्थगित गरिनुपूर्व नै संसदमा आफ्नो बहुमत रहेको दावी गर्दै संसदको आकस्मिक बैठक बोलाउन माग गरेका थिए।

नेता विक्रमासिङ्गेले आफु अझै प्रधानमन्त्री रहेको दावी गर्दै प्रधानमन्त्री निवास टेम्पल ट्रिजलाई खालि गर्न अस्वीकार गरेका छन् । विवादलाई निकास दिन संसदको बैठकलाई पुनः बोलाउनुपर्ने र संसदमा आफुले बहुमत पुष्टि गर्ने संवैधानिक अधिकार अनुसार अघि बढ्ने सञ्चारकर्मीसँगको कुराकानीमा शनिबार बताए ।

संसदीय स्रोतले भनेको छ सभामुख कारू जयसुरियाले प्रधानमन्त्रीका रूपमा राजापाक्षलाई वा विक्रमासिङ्घेलाई मान्यता दिने भन्ने बिषयमा अझै निर्णय दिइनसकेको र छिट्टै निर्णय दिएर समस्याको समाधान निकाल्नसक्ने स्थानीय विश्लेशकहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja