भर्जिनियाकि महिला समाजसेवी सुनिता खत्रीद्वारा एनआरएनए अमेरिकाको महिला संयोजकमा उम्मेद्वारी घोषणा
पोखरा
भर्जिनिया कि महिला समाजसेवी सुनिता खत्रीले एनआरएनए अमेरिकाको महिला संयोजकमा सुनिता खत्रीको उम्मेदवारी दिएकी छिन् ।
अमेरिकाको लीज़बर्ग भर्जिनियामा बस्ने खत्रीले बैंकिङ र र ब्यवावासायिक क्षेत्रमा लामो अनुभव, विभिन्न सामाजिक सेवाको क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवारत रही अनुभवहरु बटुलेकी छन् । उनले हाल हुन गइरहेको अमेरिकाको एनआरएन एनसीसी को चुनावमा महिला संयोजकको लागी चुनाव लड्दै छिन् । कुनै पनि क्षेत्रमा महिलाको सहभागिता पुरुष सरह अगाडी नहुन्जेलसम्म समानताको कुरा नारामा मात्रै रहने पक्का हुने उनको विश्वास छ । त्यसैले शिक्षा, स्वास्थ्य, व्यवसाय, जागिर वा नेतृत्वमा महिला अघि बढ्नु पर्छ र पुरुससंग संगसंगै सौहार्दपूर्ण किसिमले हातेमालो गरि यो बर्गको बिकासमा काम गर्न सक्नुपर्छ भन्ने उनको मान्यता र दृष्टिकोण रहेको छ । यसको निम्ति उनले सम्पूर्ण मतदाताको साथ सहयोग र सदभाब सहित मतको अपेक्षा गरेकी छन् ।