अमेरिकाको यहूदी प्रार्थनागृहमा गोली चल्यो, एकको मृत्यु तीन घाइते



पोखरा

 

अमेरिकाको सानडियागोस्थित एउटा यहूदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु तीन जना घाइते भएका छन् । गोली लागेर एक महिलाको मृत्यु भएको छ भने एक जना यहूदी धर्मगुरु र दुई जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहूदी बिरोधी तत्वले गरेको यस आक्रमणप्रति आपत्ति जनाएका छन्। अमेरिकी इतिहासमै यहूदी समुदायमाथि छ महिना अघि पिट्सबर्गको यहूदी प्रार्थनाघरमा सबैभन्दा ठूलो आक्रमण भएको थियो जसमा ११ जनाको हत्या भएको थियो । सीमा सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी जोन अर्नेष्टले यहूदी प्रार्थनाघरमा आक्रमण गरेको प्रहरीले जनाएको छ । गोली चलाएर भाग्न लागेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाग्नेक्रममा उनैले प्रहरीलाई आफूले प्रार्थनागृहमा आक्रमण गरेको जानकारी दिएका थिए । गोली लागेका तीनै जनाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja