कास्कीमा माछा महोत्सव गरिने



पोखरा

कास्कीको बेगनास र रुपा ताललगायतका तालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी लेखनाथ होटल तथा रेष्टुराँ एशोसिएशनले यही जेठ १३ देखि २० गतेसम्म ‘फिस फेस्टेबल’को आयोजना गर्ने भएको छ ।

विगतमा तीन दिने माछा महोत्सव गर्दै आएकामा यस वर्ष महोत्सवको अवधि बढाएर आठ दिनको बनाइएको हुँदा यस वर्षको महोत्सव अन्य महोत्सवभन्दा प्रभावकारी हुने आयोजकले जनाएको छ । यस क्षेत्रमा रहेका सात वटा तालको प्रचारप्रसारमा सहयोग पुग्ने र ताल क्षेत्र वरपर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले पाँचौँ संस्करणको माछा महोत्सव गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका निवर्तमान अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए ।

महोत्सवमा स्थानीय जातका माछाको स्वाद चाख्नदेखि माछा उत्पादन प्रविधिका बारेमा जानकारी दिन र लिन महोत्सव सहयोगी हुने तथा महोत्सवमा कृषि व्यापार मेलासमेत समावेश गरिएकाले आगन्तुक पाउनादेखि कृषकलाई पनि सहयोग मिल्ने आयोजकले जनाएको छ । महोत्सवलाई प्रभावकारी तरिकाले सञ्चालन गर्न बिभिन्न उपसमिति गठन गरि तयारीलाई तिव्रताका साथ अगाडी वढाइएको छ । यस वर्षको माछा महोत्सवमा डुङ्गा दौड प्रतियोगिता, पौडी प्रतियोगिता र गण्डकी प्रदेश स्तरीय दोहोरी गित प्रतियोगिताका साथै अन्य सांस्कृतिक कार्यक्रम गरिने एशोशिएशनका अध्यक्ष कृष्णप्रसाद तिवारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja