‘गलत नियतका व्यक्ति प्रहरी सङ्गठनमा अटाउँदैनन्’ : सर्वेन्द्र खनाल



पोखरा

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकले महसुस गर्ने गरी कर्तव्य निर्वाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौँ मातहतका प्रहरी कर्मचारीलाई आज यहाँ सम्बोधन गर्दै उनले सङ्गठनको उद्देश्यअनुसार राजधानीको सुरक्षा व्यवस्थालाई नमूना बनाउने गरी अपराध नियन्त्रणमा सक्रिय हुन आग्रह गरे । समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिकसँग समन्वय गरेर काम गर्नुपर्नेमा महानिरीक्षक खनालले जोड दिए। उनले कानून कार्यान्वयनमा उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । सङ्गठनमा आँच आउने कार्य गर्न कसैलाई छुट नभएको खनालको भनाइ थियो । उनले भने, “गलत नियत भएकालाई कुनै छुट छैन, त्यस्ता व्यक्ति प्रहरी सङ्गठनमा अटाउन सक्दैनन् ।”

उनले विशिष्ट व्यक्तिको सुरक्षा, सडक सुरक्षा र नागरिकसँग प्रत्यक्ष सहकार्य गर्ने प्रहरीको बोली, व्यवहार र क्रियाकलाप सरल तथा स्वच्छ हुनुपर्ने बताए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई पक्राउ गरी कानूनी दायरामा ल्याइने बताए । छ महीनाको अवधिमा मादक पदार्थ सेवन नियन्त्रण र लागूऔषध बरामदमा उल्लेख्य सफलता प्राप्त भएको जानकारी दिए । उनले बेरुजु फछ्र्योटमा प्रहरी सफल भएको र आपराधिक गतिविधि नियन्त्रणमा सफलता प्राप्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja