अफगानिस्तानमा विद्यालयमाथिको आक्रमण तेब्बरले बढ्यो



पोखरा

राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले अफगानिस्तानमा गत वर्ष विद्यालयमाथि भएका आक्रमणका घटनामा तेब्बरले वृद्धि भएको जनाएको छ ।

विद्यालयमाथि निरन्तर भएका आक्रमणले बालबालिकाको शिक्षामा नकारात्मक असर परेको पनि युनिसेफले जनाएको छ । युनिसेफका अनुसार सन् २०१७ मा आक्रमणका ६८ वटा घटना रहेकामा गतवर्ष सन् २०१८ मा १९२ घटना भएका थिए । सन् २०१५ देखि विद्यालयमा आक्रमण हुनेक्रम बढेको पाइएको हो । अफगानिस्तानमा जारी १८ वर्षदेखिको सशस्त्र युद्धका कारण सन् २०१८ सम्ममा एक हजार विद्यालय बन्द भइसकेका छन् । विद्यालय बन्द भएका कारण करिब पाँच लाख बालबालिका शिक्षाको अधिकारबाट बन्चित भएका छन् । युनिसेफका अनुसार विद्यालयमा आक्रमण भएको तथा शिक्षकको हत्या र अपहरण गरिएको छ । गत वर्ष संसदको निर्वाचनका लागि मतदाता दर्ताका रुपमा विद्यालयलाई प्रयोग गरिएका कारण पनि विद्यालयमा आक्रमण बढी भएको युनिसेफको भनाई छ । हाल सातदेखि १७ वर्षको उमेरका करिब ३७ लाख स्कुले बालबालिका विद्यालय शिक्षाबाट बन्चित रहेका छन् । युनिसेफले बालिकाको असुरक्षा, गरिबी र विभेदले पनि विद्यालयमा बालिकाको उपस्थिति पातलो भएको जनाएको छ ।

तालिबानले आफू शासनमा रहँदा सन् १९९६ देखि २००१ सम्म बालिका शिक्षामा प्रतिबन्ध लगाएका थिए । तर सन् २००१ मा तालिबान सत्ताच्यूत भएपछि फेरि बालिकाहरुको शिक्षा खुला गरिएको थियो । राष्ट्रसंघका अनुसार सन् २०१८ मा मारिएका तीन हजार ८०४ जना व्यक्तिमध्ये ९०० भन्दा बढी बालबालिका रहेका थिए । आक्रमणबाट करिब ७ हजार १८९ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja