विपदमा तरुण दल सधैँ जनताका साथ



पोखरा

नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत ‘विपदमा तरुण दल’ विषयक अभिमुखिकरण कार्यक्रममा विपद्मा तरुण दल सधैँ जनताका साथ रहने कुरा बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुन जोशीले तरुण दलको जन्म विशेष परिस्थितिमा भएको र आज पनि यो देशलाई विकृतिबाट बचाउन तरुण दलको ठुलो जिम्मेवारी रहेको बताए । उनले काँग्रेसले हिजो गरेका गल्तिका आत्मआलोचना गरी अब सुध्रिनुपर्नेमा जोड दिए । पुर्खाले ल्याएको लोकतन्त्र अब नयाँ पुस्तामा स्थापित गर्नुपर्ने आवश्यकता भएको जोशीको भनाई थियो ।

यस्तै कार्यक्रममा नेपाल तरुण दल केन्द्रिय अध्यक्ष जितजङ वस्नेतले अहिले देशमा द्वन्द्व फैलाइरहेको विप्लव समूह कम्युनिस्ट पार्टि रहेको र अहिले सत्तामा पनि कम्युनिष्ट पार्टि रहेकाले मिलेमतोमा देशमा द्वन्द्वका घटना भएको शंका व्यक्त गर्दै यी दूई पार्टिबिच भविष्यमा एकिकरण हुन सक्ने सम्भावना रहेको व्यक्त गरे । उनले अहिलेको केपि ओली सरकारले सम्पूर्ण शक्ति आफ्नो हातमा लिन खोजेको देश र जनता समस्यामा परेको भन्दै देशलाई बचाउन र जनतालाई न्याय दिलाउन तरुण दल बाहिर निस्केर लड्ने जनाए ।

यस्तै तरुण दल कास्कीका सभापति मनोज गुरुङले जनतालाई सेवा सुविधा उपलब्ध गराउन र देशको परिवर्तनको लागी तरुण दल सदैव तयार रहेको बताए । उनले तरुण दल जनताको साथमा रहि देशलाई विपत्बाट निकाल्न सधैँ तयार रहेको र सधैँ तयार रहने प्रतिवद्धता जाहेर गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja