मोदीलाई जेट्लीको पत्र “मलाई मन्त्री नबनाउनु होला”



पोखरा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वास पात्र तथा पूर्ववर्ती सरकारका अर्थमन्त्री अरुण जेट्ली दोस्रो कार्यकालको मन्त्रिपरिषद्मा भने सहभागी नहुनु हुने भएको छ ।

बिहीबारदेखि शुरु हुन लागेको मोदीको दोस्रो कार्यकालमा उहाँ अस्वस्थताका कारणले सहभागी नहुनुहुने भएको हो । प्रधानमन्त्री मोदीलाई पत्र लेखेर उहाँले आफूलाई मन्त्री नबनाउन आग्रह गर्नुभएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मन्त्रिपरिषद् गठनको छलफलमा रहनुभएका प्रधानमन्त्री मोदीलाई पठाएको पत्रमा जेट्नीले लेख्नुभएको छ, “मैले औपचारिक रुपमा यो पत्रमार्फत् तपाईसँग यो आग्रह गर्दछु की, अहिले म पूर्ण रुपमा स्वस्थ भइसकेको छैन, मेरो उपचार भइरहेको छ, त्यसैले नयाँ सरकारमा सहभागी हुनेगरी मलाई कुनै जिम्मेबारी नदिनु होला ।” भारतीय जनता पार्टी (भाजपा)का ६६ वर्षीय नेता जेट्ली गत शुक्रबारदेखिको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित हुनुभएको छ । उहाँले पत्रमा अगाडि लेख्नुभएको छ, “गत १८ महीनादेखि मैले गम्भीर स्वास्थ्य समस्या झेल्दै आएको छु, मेरा चिकित्सकहरुले मलाई जिम्मेबारी नलिन सुझाव दिएका छन् ।”

आफूलाई निको भएपछि भविष्यमा अन्य जिम्मेबारीमार्फत् आफूले सहयोग गरिनै रहने पनि उहाँले उल्लेख गर्नुभएको छ । आफ्नो पार्टीले ३०३ सिट जितेर पार्टी कार्यालयमा भव्य विजय उत्सव मनाएको क्षण देख्ने अवसर गुमाउनु परेको स्मरण गर्नुभएको छ । विगत केही दिनदेखि नेता जेट्ली सार्वजनिक रुपमा देखिनु भएको छैन भने उहाँको स्वास्थ्य अवस्थालाई लिएर आम चासो पनि बढेको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja