सांसद एवं काङ्ग्रेस नेता लामाद्वारा १० एम्बुलेन्स सहयोग



पोखरा

सांसद एवं नेपाली काङ्ग्रेसका नेता जिपछिरिङ लामाले दोलखा जिल्लामा दश एम्बुलेन्स र दुई शववाहन सहयोग गर्नुभएको छ ।

जिल्लामा रहेका नौ वटा स्थानीय तहलाई एक–एक एम्बुलेन्स तथा भीमेश्वर र जिरी नगरपालिकालाई थप एक एक शववाहन सहयोग गर्नुभएको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानले जनाएको छ । दोलखाको उत्तरी गाउँ खारेमा पहिलो पटक लामाले एम्बुलेन्स सहयोग गर्नुभएको हो । लामो समयदेखि जिल्लाको विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएका लामाले गत मङ्सिरमा तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका, बिगुँ गाउँपालिका, कालिञ्चोक गाउँपालिका तथा जिरी नगरपालिकालाई एम्बुलेन्स सहयोग गर्नुभएको थियो । आज लामाले दोलखाको शैलुङ गाउँपालिका, बैत्यश्वर गाउँपालिका, गौरीशङ्कर गाउँपालिका, बिगु गाउँपालिकालाई एक एक वटा एम्बुलेन्स भीमेश्वर र जिरी नगरपालिकामा थप एक/एक वटा शववाहन सहयोग गर्नुभएको हो ।

आफ्नो आमा र बुबाका नाममा स्थापना गरिएको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट लामाले आज दोलखा सदरमुकाम चरिकोटमा एक कार्यक्रम गरी एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभएको हो । एम्बुलेन्स नभएकै कारण धेरै बिरामीलाई समयमा नै अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको खबर सार्वजनिक भइरहेका बेला त्यस्ता समस्या नआओस् भन्ने उद्देश्यले एम्बुलेन्स वितरण गरिएको लामाको भनाइ थियो । आफूले कमाएको सम्पत्ति र सांसद भएबापत आउने तलब–भत्ताको रकमबाट एम्बुलेन्स खरीद गरी नागरिकको सेवामा आफूले ध्यान दिएको सांसद लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja