चिप्ली खेलकुद मैदान निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा



पोखरा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको रुपा गाउँपालिका चिप्ली खेलकुद मैदान निर्माण कार्यमा संलग्न नौ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

खेलकुद मैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट आएको बजेट दुरुपयोग भएको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ मा खर्च भएको रकम खेलकुद मैदान निर्माणको काम नै नगरी जिल्ला समन्वय समिति, कास्कीका प्राविधिक नन्दु राम, मादी गाउँपालिका–७ का वडा सचिव रामकृष्ण बाँस्तोला र सिद्ध युवा क्लब, चिप्लीका अध्यक्ष विशाल गुरुङको मिलोमतोमा हिनामिना भएको भन्ने उजुरी आयोगमा परेको थियो । निर्माण समितिका पदाधिकारीले अनधिकृत रुपमा रु एक लाख ८६ हजार २७४ बराबरको रकम हिनामिना गरेको पाइएको छ ।

आयोगले भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन जिल्ला समन्वय समिति, कास्कीमा कार्यरत भई हाल रुपा गाउँपालिकामा कार्यरत सब–इन्जिनियर नन्दु राम, तत्कालीन जिल्ला समन्वय समिति, पोखरा लेखनाथ महानगरपालिकामा कार्यरत इन्जिनियर हरिबहादुर बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै, जिल्ला प्राविधिक कार्यालय कास्कीका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बराल, तत्कालीन मादी गाउँपालिका–७ मा कार्यरत रामकृष्ण बाँस्तोला, तत्कालीन जिल्ला समन्वय समितिको कार्यालय, कास्कीका लेखा अधिकृत पदमा कार्यरत झलकप्रसाद आचार्य, सोही कार्यालयका लेखापाल विष्णुप्रसाद बराल, चिप्ली खेलकुद मैदान निर्माण समितिका अध्यक्ष हर्क गुरुङ, सचिव तारामान गुरुङ र कोषाध्यक्ष गौसुवा गुरुङविरुद्ध जनही रु एक लाख ८६ हजार २७४ बिगो दाबी गर्दै आज मुद्दा दायर गरिएको प्रवक्ता प्रदीकुमार कोइरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja