मेक्सिकोले आफ्नो भूमिकाको जिम्मेवारी लिएमा कर वृद्धि रोकिन सक्छ : ट्रम्प



पोखरा

मेक्सिकोले अन्तिम समयसम्म पनि आप्रवासीबारे चलिरहेको बहसमा अमेरिकालाई सहयोग गर्न तयार भएकोले आफ्नो दक्षिणी छिमेकीमाथि थप कर वृद्धिका लागि भएको तयारीलाई रोक्न सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रबासी शरणार्थीलाई अमेरिका प्रवेशमा कडाई गर्न मेक्सिकोलाई दवाब दिँदै आएको छ । “मेक्सिकोले कर वृद्धिलाई रोक्न सकेसम्म मेहनत गरेको दुई देशका प्रतिनिधिहरूको छलफलका क्रममा बताइएको छ तर व्यवहारिकरूपमा आप्रबासी नियन्त्रणसम्बन्धी बिषयलाई कार्यान्वयनमा लाने प्रतिवद्धता गरिएपछि दुई देशबीच सहमति सम्भव भएको हो र यो सोमबारदेखि हुने भनिएको कर वृद्धि टार्न उत्तम उपाय हो,” राष्ट्रपति ट्रम्पले शनिबार ट्वीटमार्फत बताउनुभएको छ ।“यदि सम्झौतालाई कार्यान्वयनमा लान मेक्सिकोको पहल सफल भएमा दुबै देशका लागि सम्झौता कोशेढुङ्गा हुनेछ ।” “शुक्रबार राति घोषणा भएको सम्झौतामा मेक्सिकोले आप्रबासीलाई हिंसाग्रस्त ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट आप्रबासी शरणार्थीलाई फर्काउने बिषयमा आफ्नो नीतिलाई परिवर्तन गर्न स्वीकार गरेको थियो भने अमेरिकाले यस अघि अमेरिका पुगी शरणार्थीका लागिको दावी गरिसकेकाको हकमा प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।”

सहमति अनुसार अमेरिकाले शरणार्थीलाई प्रवेशमा कडाई गरेमा उनीहरूलाई मेम्सिकोमा नै शरणार्थीको मान्यता दिन आवश्यक प्रक्रिया अघि बढाउने भन्दै अमेरिकाको आप्रबासनसम्बन्धि पछिल्लो नीतिलाई अस्वीकार गर्दै आएकोमा अब सहमति अनुसार अघि बढ्ने बताइएको छ । अमेरिकाले यदि मेक्सिकोसँग सहमति नजुटेको भए त्यहाँबाट अमेरिका आयात हुने सामानमा पाँचदेखि २५ प्रतिशत कर वृद्धिको तयारीमा जुटेको थियो । मेक्सिकोबाट हरेक बर्ष तीन अर्ब ५० करोड अमेरिकी डलर बराबरको सामान अमेरिका आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja