किशोरीलाई जबर्जस्ती गर्न खोज्ने पक्राउ



पोखरा

मकवानपुरको भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ ।

पीडित परिवारका अनुसार सोमबार राति करीब ११ बजेतिर मादक पदार्थ सेवन गरी ३२ वर्षीय नवीन स्याङतानले जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए । परिवारसहित घरमा सुतिरहेको अवस्थामा स्याङतान त्यहाँ पुगेका थिए । आरोपित स्याङतानले जबर्जस्ती गर्न खोजेपछि १५ वर्षीय किशोरीले हल्ला गरेकी थिइन् । त्यसपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि आरोपित स्याङतालाई पक्राउ गरिएको हो । पक्राउ परेका स्याङतानलाई भीमफेदी प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यलय हेटौँडामा आवश्यक कारवाहीका लागि पठाइएको छ । यसैबीच माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले पनि सो घटनाको प्रकृतिअनुसार स्याङतानलाई कडा कारवाही हुनुपर्ने माग गर्नुभएको छ ।

वडा कार्यालयको ताला प्रहरीले फुटायो हेटौँडा उपमहानगरपालिका–७ मा स्थानीयवासीले लगाएको ताला प्रहरीले फुटाएको छ । वडा कार्यालय क्षेत्रमा रहेको नागस्वती उद्यान निर्माणका क्रममा आर्थिक हिनामिना भएको भन्दै स्थानीयवासीले तालाबन्दी गरेका थिए । उद्यान निर्माणका क्रममा आर्थिक हिनामिना गर्ने निर्माण समिति संयोजकलाई कारवाहीको माग गर्दै स्थानीयवासीले बुधबार २ बजे तालाबन्दी गरेको स्थानीय दिनेश गौतमले बताउनुभयो ।

तर प्रहरीले साँझ ५ः२० मा ताला फुटाएको थियो । प्रहरीले गौतमसहितका पाँच युवाको टोलीलाई वार्ताका लागि भन्दै प्रहरी इलाका प्रहरी कार्यालय लगेको जनाइएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर पु¥याइएको जनाएको छ । सयौँको सङ्ख्यामा वडा कार्यालय पुगेका स्थानीयवासीले वडाध्यक्ष राजन थापासँग दोषीलाई कारवाहीको माग गरेका थिए ।

निर्माण समिति संयोजक नवराज खतिवडा छलफलमा नआएपछि स्थानीयवासीले तालाबन्दी गरेको जनाइएको छ । तालाबन्दीपछि वडा कार्यालयमा प्रहरीको टोली पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja