प्रहरी र नेत्रविक्रम चन्द (विप्लव)समूहबीच गोली हानाहानमा दुईको मृत्यु, एक घाइते



पोखरा

भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव)समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज विहान सदरमुकामको हटिया लाइनमा दुबै पक्षबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो । घटनामा प्रहरी जवान खोमनाथ भट्टराई घाइते हुनुभएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गोली लाग्नसाथ अस्पताल लगिएका दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja