अल कायदाको आक्रमणमा १९ सैनिक मारिए



पोखरा

दक्षिण यमनमा रहेको एक सैन्य शिवीरमा शुक्रबार अल कायदा लडाकू समूहले गरेको एक आक्रमणमा परी १९ सैनिकको मृत्यु भएको छ ।

सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमण भएको एक दिन पछाडी पुनः अल कायदाको आक्रमण भएको छ । यस आक्रमण्मा परी कम्तीमा ४७ यमनी प्रहरीको मृत्यु भएको थियो । मारिएका ती प्रहरीहरु प्राय नयाँ भएका जनाइएको छ । यस आक्रमणमा परी दर्जनौं प्रहरी जवान घाइते भएका चिकित्सकहरुले बताएका थिए ।

आब्यान प्रान्तमा रहेको अल माहफिद शिवीरमा सशस्त्र रुपमा आएका बन्दुकधारीहरुले आक्रमण गरेका सुरक्षा अधिकारीहरुले एएफपी समाचार समितिलाई जनाएका छन् । यसरी आक्रमणमा परी १९ सैनिक मारिएका अन्य केही घाइते र यस घटनाको विस्तृत विवरण मृतकको सङ्ख्या दुई सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja