गण्डकी विश्वविद्यालय स्थापना सम्बन्धी विद्येयक प्रस्तुत



पोखरा

गण्डकी प्रदेशसभाको आइतबारको बैठकमा गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने सम्बन्धी विधेयक प्रस्ततु गरिएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विश्वविद्यालय आवश्यक देखिएकाले विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक सभामा छलफलका लागि प्रस्तुत गर्नुभयो । बैठकको शून्य तथा विशेष समयमा प्रदेशसभा सदस्यहरुले देशको समसामयिक तथा आफ्नो निर्वाचन क्षेत्रका समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रदेशसभा सदस्य दीपक कोइरालाले तत्कालीन शाही नेपाली सेनाबाट विद्रोह गरी माओवादी सेनामा प्रवेश गरेका शक्ति गुरुङलाई अहिले आएर सैनिक अदालतले १० वर्ष जेल सजाय तोकेकामा आपत्ति जनाउँदै परिर्वतनका लागि लडेका योद्धालाई स–सम्मान रिहाइ गर्न माग गर्नुभयो । प्रदेशसभा सदस्य पियारी थापाले जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको तलबलगायत सेवा सुविधामा वृद्धि हुँदा नागरिक महङ्गीको मारमा परेको बताउँदै खाद्यपदार्थको अत्यधिक मूल्य वृद्धि रोक्न माग गर्नुभयो ।

प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले गोर्खाको सिरानचोक, सुलीकोटलगायत स्थानमा बाढीपहिरोबाट स्थानीयवासीका घरगोठमा क्षति पुगेकाले राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य राजीव पहारीले छ महीनाभित्र फेवाताल वरपरका अनाधिकृत संरचना हटाउने सन्दर्भमा सर्वोच्च अदालतको फैसलाको समयसीमा सकिएको र कार्यान्वयन गर्नका लागि उच्चस्तरीय समिति गठन गरिए पनि परिणाममुखी काम नभएकोमा चिन्ता व्यक्त गर्नुुभयो ।

प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दा गाउँपालिकाको केन्द्र आउन पनि प्रदेश नं –५ भएर आउनुपर्ने बाध्यता रहेको बताउँदै स्थानीयवासीलाई सहज हुने गरी सडक निर्माण गर्न माग गर्नुभयो । प्रदेशसभा सदस्य कोपिला बोहोरा, चिन्तबहादुर घले, धनञ्जय दवाडी र विन्दुकुमार थापाले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक साउन २० गते अपराह्न १ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja