भारतको सर्वाधिक ठूलो सम्मानबाट पूर्वराष्ट्रपति मुखर्जी सम्मानित



पोखरा

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी भारतको सवैभन्दा ठूलो सम्मान मानिने भारत रत्नबाट सम्मानित हुनुभएको छ ।

राष्ट्रपति भवनमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले मुखर्जीलाई सम्मान प्रदान गर्नु भएको हो । उहाँलाई कार्यक्रममा उपस्थित प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति एम वैनकैया नायडुसहित विभिन्न नेताहरूले बधाई दिनुभएको थियो । पुर्वराष्ट्रपतिसँगै आसामी गायक भूपेन हजारिक र आरएसएस नेता नानाजी डेश्मुखलाई पनि मरणोपरान्त भारत रत्न प्रदान गरिएको थियो ।

बिहीबार सम्मानित पुर्वराष्ट्रपति मुखर्जी सन् १९३५ को डिसेम्बर ११ तारिखका दिन बङ्गाली परिवारमा जन्मिनु भएको हो । उहाँले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तरसँगै एलएलबी पनि उत्तीण गर्नुभएको छ । उहाँ आजीवन राजनीतिमा लाग्नुभयो भने उहाँले राज्यको र पार्टीको विभिन्न महत्वपूर्ण जिम्मेवारी पनि सम्हाल्नुभयो ।

सन् २०१२ देखि २०१७ सम्म उहाँ भारतको राष्ट्रपति हुनु भएको थियो भने त्यसअघि सन् २००९ देखि २०१२ सम्म संघीय अर्थमन्त्री बन्नुभएको थियो । मुखर्जीलाई भारतमा असल र सम्मानित नेताका रूपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja