सरकारले एनसिएलको कर मिनाहा गरेर राष्ट्रघात गरेको छ: मनिश जङ थापा



पोखरा

नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य तथा युवा नेता मनिश जङ थापाले सरकारले एनसिएलको कर मिनाहा गरेर ठूलो राष्ट्रघात गरेको बताउनुभएको छ।

नेपालको दुरसंचार सेवा प्रदायक कम्पनी एनसिएलले २०७४ साल मै तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको सरकारले एनसिएलले ६८ अर्ब कर तिर्नु पर्ने भनी निर्णय गरेको बताउँदै नेता थापाले अहिलेको सरकारले शक्ति र सत्ताको आडमा एनसिएलको कर मिनाहा गरेर दलाल र भ्रष्टाचारिलाई बचाउने काम गरिरहेको बताउनुभयो।

सबैतिरबाट असफल भैसकेको सरकार अब एनसिएलबाट चुनाबमा उठाएको खर्चको गुन तिर्न तल्लिन रहेको पनि नेता थापाले बताउनुभयो। यसरी नै यो सरकार ले बिगतका सरकारका लोकप्रिय निर्णयहरुलाई खारेज गर्दै जाने हो भने यो सरकार राष्ट्रघातीको रुपमा परिचित हुने बताउँदै यहि सरकारको कारणले नेपाली जनताले ज्यानको बाजि लगाएर ल्याएको लोकतान्त्रीक गणतन्त्र नै गुम्ने खतरा रहेको पनि बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja