खुल्ला फुल कन्ट्याक्ट कराँते पोखरामा



पोखरा

नेपाल क्योकुसिन कान कराँते एशोसियशनको आयोजनामा पहिलो संस्करणको अल नेपाल खुल्ला फुल कन्ट्याक्ट कराँते यसै सातादेखि पोखरामा शुरु हुने भएको छ ।

दुई दिने उक्त प्रतियोगिता यही भदौ १३ र १४ गते हुने आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका महासचिव राजेन्द्र सुवेदीले जानकारी दिनुभयो । पोखरा रङ्गशालाको कबर्डहलमा हुने प्रतियोगितामा १७ वटा फुल कन्ट्याक्ट कराँते सङ्घ, तीन विभागीय टिम आर्मी, पुलिस र एपिएफसहित २० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष र महिला गरी १४ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । हरेक तौल समूहमा एक टोलीबाट एक मात्र खेलाडीले खेल्न पाउने छन् । प्रतियोगितामा कूल २७६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja