चाडमा अन्तरजातीय हिंसा



पोखरा

अफ्रिकी मुलुक चाडमा गत सोमबार भड्किएको अन्तर–जातीय हिंसाका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

उक्त हिंसात्मक झडप चाडको मोयेन चारी प्रान्तमा भएको हो । यस स्थानमा विभिन्न जातीय समूह रहेका र उनीहरुबीच बेलाबखत हिंसात्मक झडपहरु हुने गरेका छन् । स्थानीय प्रहरीका अनुसार जग्गा जमिनको विवादमा एक किसानको मृत्यु भएपछि दुई समुदायबीच हिंसात्मक झडप भएको थियो ।

हिंसात्मक घटनाहरु बढ्दै गएपछि सरकारले अगस्ट २० देखि सेप्टेम्बर १० सम्म आपतकालीन स्थितिको घोषणा गरेको आठ दिनपछि नै पछिल्लो झडप भएको हो । चाड सरकारले सिना, ओवाडाई र टिबेस्टी प्रान्तमा अन्तर–जातीय द्वन्द्व बढ्न थालेको भन्दै आपतकालीन स्थितिको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja