काश्मिरी जनताको पक्षमा आवाज बुलन्द पार्न पाकिस्तानी प्रधानमन्त्री खानको आग्रह



पोखरा

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले काश्मिरका बारेमा लिएको कदमको विरोध गर्दै देशव्यापी रूपमा प्रदर्शन गर्न आह्वान गर्नुभएको छ ।

“म सवै पाकिस्तानीहरुलाई भोलि १२ बजेदेखि साढे १२ बजेसम्म घर बाहिर निस्किएर प्रदर्शनमा सहभागी हुन आह्वान गर्दछु,” खानले बिहीबार भन्नुभएको छ । उहाँले प्रदर्शनमा उत्रिनु भनेको काश्मिरका जनताप्रति ऐक्वबद्धता जनाउनु भएको पनि बताउनुभयो ।

प्रधानमन्त्री खानले ट्वीटरमा लेख्नुभएको छ, “हामी काश्मिरी जनताको पछाडि छौ भन्ने सन्देश कडारूपमा दिन सक्नुपर्दछ ।” उहाँले शुक्रबार संयुक्तरूपमा प्रदर्शनमा उत्रिन पटक पटक आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभाको पूर्वसन्ध्यामा उहाँले यस्तो प्रदर्शनको आह्वान गर्नुभएको हो । उहाँले आउँदो महिनामा हुने महासभामा काश्मिरको दूतकोरूपमा काश्मिरका जनताको पक्षबाट आवाज उठाउने बताउनुभएको छ ।

भारत र पाकिस्तानबीच काश्मिरको बिषयमा लामो समयदेखि विवाद रहँदै आएका समय भारत प्रशासित काश्मिरलाई भारतले दिँदै आएको स्वायत्ततासम्बन्धी व्यवस्था रहेको संविधानको धारा ३७० लाई खारेज गरी उक्त क्षेत्रलाई केन्द्र सरकारको मातहतमा राख्ने निर्णय गरेपछि भारत पाकिस्तानको विवाद थप जटिल बनेको छ । पाकिस्तानको पहलमा यो बिषय राष्ट्रसङ्घ सुरक्षा परिषद्मा पु¥याइएको छ ।

भारतीय गृहमन्त्री अमित शाहले धारा ३७० लाई केन्द्र सरकारको निर्णयमा निलम्बन गर्ने घोषणा गर्नुभएको थियो । सोही निर्णय अनुसार राष्ट्रपतिले काश्मिरलाई दिइदै आएको विशेषाधिकारको व्यवस्था रहेको संविभानको धारा ३७० र अनुच्छेद ३५ ‘ए’ लाई खारेज गरेको सूचना जारी गर्नुभएको थियो । उक्त निर्णय भारतीय संसदबाट पनि अनुमोदन भैसकेको छ । भारतको यो घोषणासँगै पाकिस्तानसँगको सम्वन्ध फरि चिसिएको छ भने अन्य देशहरु पनि विभाजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja