अनेरास्ववियुका पदाधिकारीकोे पदभार



पोखरा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङ्ले पदभार ग्रहण गर्नुभएको छ ।

बागबजारस्थित कार्यालयमा कार्यक्रम गरी अनेरास्ववियूका इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विनोढ ढकालले दुबै जनालाई पदभार ग्रहण गराउनुभएको हो । इन्चार्ज शाक्यले भदौ महिनाभित्र अनेरास्ववियूका सबै कमिटीको एकता गर्ने गरी काम अगाडि बढाइने बताउनुभयो ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)बीच एकता भई बनेको अनेरास्ववियुको कार्यालय सञ्चालनमा आएको छ । कार्यक्रममा अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरे, रामकुमारी झाक्री, माधव ढुङ्गेल, नविना लामा तथा क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने र रमेश मल्ल सहभागी थिए ।

एकतापछि अनेरास्ववियूमा २५१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरिएको छ । अनेरास्ववियूमा संयोजक र सहसंयोजक चयन गरे पनि अन्य एकताको काम बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja