सुनका गरगहनासहित धनमाल चोरी



पोखरा

काठमाडौँका विभिन्न स्थानबाट सुनका गरगहना र मालसामानसहित झण्डै छ लाख बराबरको धनमाल चोरी भएको छ ।

काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वर बस्ने रुषा श्रेष्ठको घरबाट आज सुनका गहना र मोबाइल गरी रु तीन लाख ४८ हजार बराबरको धनमाल चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बिहिबारै काठमाडौँ, टोखा नगरपालिका–३ बानियाटार भत्केको पुल बस्ने पूर्णमान श्रेष्ठको घरबाट स्कुटर, मोबाइललगायत विभिन्न सामग्री गरी करीब रु दुई लाख ४० हजार बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

चोरीमा सङ्लग्न व्यक्तिको खोजी गर्नुका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यता काठमाडौँ, महानगरपालिका–७ चाबहिलस्थित गणेश मन्दिर नजिक सडकपेटीमा एक व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja