तीन हजार गाँजाको बोट नष्ट



पोखरा

जिल्ला प्रहरी कार्यालय गोरखाले गोरखा नगरपालिका–८ र ६ मा रहेका तीन हजार गाँजाको बोट फडानी गरेको छ ।

अवैधरुपमा रहेका गाँजा प्रहरी र स्थानीयवासीको अगुवाइमा फडानी गरिएको गोरखाका प्रहरी उपरीक्षक ९एसपी० ओम अधिकारीले जानकारी दिनुभयो । प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाभर रहेका गाँजाका बोट नष्ट गर्ने अभियानमा जुटेको प्रहरीले वडा नं ६ को ढाँटगाउँ र ८ स्थित रानीवनमा बिहीबार गाँजा फडानी गरेको हो ।

लागुऔषधविरुद्ध प्रहरीको अभियानअन्तर्गत जिल्लामा गाँजा फडानीको काम तीव्र पारिएको उहाँले बताउनुभयो । लागुऔषधविरुद्धको जनचेतनामूलक अभियान तथा दण्डात्मक कार्यक्रमअन्तर्गत स्थानीयवासीसमेतलाई सहभागी गराएर अभियान सञ्चालन गरिएको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र गोरखासँग साझेदारी गरेर जिल्लाभर नै लागुऔषधविरुद्धको कार्यक्रम सञ्चालन भइरहेको छ ।

उहाँले यो अभियान निरन्तर चल्ने भन्दै अबदेखि जसको जमीनमा गाँजाखेती गरिएको उसलाई कानूनी कारवाहीसमेत गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja