कालोपत्रे सडक भासियो



पोखरा

ब्रह्मदेव–टनकपुर लिंक रोड निर्माण भएको तीन महीनामै कालोपत्रे सडक भासिएको छ ।

भीमदत्त नगरपालिका वडा नं ८ र १० नजिक खन्या खोलामा बनेको पक्की पुल छेउको कालोपत्रे सडक भासिएको हो । वर्षाको पानी जम्मा भएर सडक भासिएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर योगेन्द्र अधिकारीले बताउनुभयो ।

तीन मिटर चौडा र ३० मिटर लम्बाइको सडक तिलकेनी नजिक कालोपत्रे गरिएको सडक भासिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ठेकेदारलाई पत्राचार गरेर तत्काल पुनःनिर्माण गर्न भनेका छौँ ।” दुई दिनभित्रै भाँसिएको सडक निर्माणको कार्य हुने उहाँले बताउनुभयो । रु २१ करोड चार लाखको लागतमा सडक निर्माणको कार्य एमके निरिज जेभीले गरेको हो ।

विसं २०७३ फागुनदेखि सडक निर्माणको कार्य शुरु भई २०७६ भदौ २५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja