आत्महत्या गर्नेको सङ्ख्या बढ्दो



पोखरा

जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको हो ।

गत आर्थिक वर्षमा १९ ले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालू आवको दुई महीनामा पनि एक जनाले आत्महत्या गरेको तथ्याङ्क छ । सामान्य समस्यालाई पनि ठूलो रूपमा लिने र तत्काल धैर्य गर्न नसक्ने समस्याका कारण जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताउनुभयो ।

उहाँका अनुसार आत्महत्याका घटनालाई केलाउँदा केहीले विष सेवन र धेरैले झुन्डिएर आत्महत्या गर्ने गरेका पाइएको छ । जिल्लामा बढ्दै गएको आत्महत्याको सङ्ख्या र आत्महत्या गर्नेको अध्ययन गर्दा लागुपदार्थको सेवन, गरीबी, घरायसी विवाद, पारिवारिक कलह, गरीबी, अशिक्षा, सामाजिक सञ्जालको प्रयोग तथा मानसिक स्थिति कमजोर हुनु प्रमुख कारण रहेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो ।

आर्थिक अभाव हुन र घर परिवारबाट सहयोग नहुँदा पनि आत्महत्या गर्ने गरेको पाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja