२३ औँ मंगलादेवी स्मृति दिवसको अवसरमा ने.वि.संघ मैदानबाट महिला नेतृत्व नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न



पोखरा

ने.वि.संघ निवर्तमान् केन्द्रिय सहमहामन्त्री महेश्वरी कुँवरको संयोजकत्वमा २३ औँ मंगलादेवी स्मृति दिवसको अवसरमा ने.वि.संघ मैदानबाट महिला नेतृत्व नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ने.वि.संघ केन्द्रिय कमिटीमा र कमिटीबाहिर रहेर राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र यो मुलुकको समृद्धि साथै लोकतन्त्र स्थापनार्थ योगदान पुर्याएका महिला नेतृत्वलाई साथै कलम चलाएका पत्रकार र समाज रुपान्तरणमा भूमिका खेलेका सामाजिक अभियान्तालाई सम्मान गरिएको थियो । कार्यक्रमको उद्घोषण निवर्तमान ने.वि.संघ केन्द्रिय सदस्य पुनम भट्ट भट्टराईले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस नेतृ , पुर्व सभासद , सामाजीक अभियान्ता आर्जु राणा देउवाले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले प्रेसमाथी अंकुश लगाउन खोजेको भन्दै यसले लोकतन्त्र सुरक्षित नहुने जिकिर गर्नुभएको थियो । साथै प्रमुख अतिथि देउवाले नेपाली काँग्रेस गौरवमय इतिहास बोकेको पार्टी भएको जनाउँदै पार्टीको इतिहास जनतालाई बताउन हिचकिचाउन नहुने बताउनुभयो ।

कार्यक्रममा ने.वि.संघ निवर्तमान केन्द्रीय अध्यक्ष नैनसिंह महर, पूर्व तरुण दल केन्द्रीय अध्यक्ष उदयशमशेर राणा, ने.वि.संघ केन्द्रीय निवर्तमान र पूर्वपदाधिकारी तथा केन्द्रिय सदस्य लगायतको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja