पोखरामा लागुऔषधसहित तीन पक्राउ



पोखरा

पोखरामा शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउमा पर्नेमा पोखरा–१० स्थित रामबजारका ४६ वर्षीय कार चालक सुवास गुरुङ, लमजुङको मस्र्याग्दी घर भई हाल पोखराको रानीपौवाका २१ वर्षीय युवराज गुरुङ र सोही स्थान बस्ने २२ वर्षीया आशा गुरुङ रहेको गण्डकी प्रहरी प्रदेशको कार्यालय पोखराले जनाएको छ ।

पोखराको महेन्द्रपुल नजिक शनिबार ग१च ४८६५ नंको कारलाई शङ्का लागि खानतलासी गर्दा उक्त कारमा चालकको साथमा रहेको कालो झोलाभित्र लागुऔषध नाइट्रोभ्याट–१० लेखिएको १२० चक्की र रु ९६ हजार ४५० बरामद गरिएको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja