मालढुङ्गा–बेनी सडक दैनिक साढे सात घण्टा बन्द



पोखरा

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँंग जोडने जिल्लाको मालढुंगा – बेनी सडक दैनिक साढे सात घण्टा बन्द गरिने भएको छ । यही भदौ १९ गतेदेखि पुरानो समयतालिका परिवर्तन गरी दैनिक साढे सात घण्टा बन्द गरिने भएको हो । यसअघि आठ घण्टा बन्द गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सर्वपक्षीय बैठकले सडक बन्द हुने समयतालिका परिर्वतन गर्दै दैनिक साढे सात घण्टा मात्रै सडक बन्द गर्ने निर्णय गरेको हो । यही भदौ १९ गतेदेखि २६ गतेसम्म बिहान ७:०० देखि ९:०० बजे र त्यसपछि बिहान १०:०० देखि दिउँसो १:०० बजेसम्म सडक बन्द गरिनेछ ।

दिउँसो २:०० बजेदेखि अपराह्न ४:३० बजेसम्म कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक बन्द हुनेछ । यसअघि यही भदौ ५ गतेदेखि बिहान १०:०० देखि दिउँसो ४ः०० बजेसम्म सडक बन्द गरिँदै आएकामा दिउँसो १:०० देखि २:०० बजेसम्म एक घण्टा सडक सञ्चालन गर्ने निर्णय भएको थियो ।

अदुवाबारीदेखि बागलुङ नगरपालिकाको बाङगेचौर जोड्ने झोलुङ्गे पुल निर्माणका क्रममा सडक बन्द गरिँदै आएको छ । कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पुलको पर्वत खण्डमा लठो तान्नका लागि सहायक जग ९एङ्कर ब्लक० निर्माण गर्नुपर्ने हुँदा मालढुङ्गा–बेनी खण्डको सडक बन्द गर्ने निर्णय गरिएको निर्माण कम्पनी थानी/बिएलटी/हिमशिखर जेभीका नरहरि खड्काले जानकारी दिनुभयो ।

दैनिक साढे सात घण्टा सडक बन्द हुने भएपछि पर्वतको मालढुङ्गा, जलजला हुँदै बेनी म्याग्दी, मुस्ताङ आवतजावत गर्ने सवारीसाधनलाई बागलुङ बजार, म्याग्दीको रत्नेचौरको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । साना र हल्का सवारीसाधन सहस्रधाराबाट पाङ हुँदै दमुवाखोलासम्मको वैकल्पिक सडकसमेत प्रयोग गर्न सकिनेछ । यो सडकको धेरै भाग कच्ची भएका कारण ठूला सवारीसाधन चल्न सक्दैनन् ।

थानी/बिएलटी/हिमशिखर कन्ट्रक्सनले निर्माण जिम्मा लिएको पुलको अहिले फाउण्डेशनको काम भइरहेको छ । यो झोलुङ्गे पुल हालसम्मकै सबैभन्दा लामो ५६७ मिटर र १३८ मिटर उचाइको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja