न्युजिल्याण्डमा बस दुर्घटनामा छ जना चिनियाँ पर्यटकको मृत्यु



पोखरा

न्युजिल्यान्ड रोटोर्वानजिकै चिनियाँ पर्यटक चढेको एक बस दुर्घटनामा पर्दा छ जना चिनियाँ नागरिकको मृत्यु भएको चिनियाँ राजदूतावासले पुष्टि गरेको छ । न्युजिल्याण्डमा रहेको चिनियाँ राजदूतावासका अधिकारीहरुले सो दुर्घटना भएको र त्यसमा परी छ जना चिनियाँ नागरिकको ज्यान गएको जानकारी दिएका छन् ।

चिनियाँ पर्यटक चढेको यो बस चीनको सिचुआन प्रान्तको पर्यटक समूहसँग आवद्ध भएको चिनियाँ राजदूतावासले दिएको जानकारीमा उल्लेख छ । चिनियाँ दूतावासले बुधबार विज्ञप्तिमा प्रकाशन गर्दै आकस्मिक छानबीनको संयन्त्र सुरू गरेको जनाएको छ । दूतावासबाट नै छानबीन समिति गठन गरी उक्त सवारी दुर्घटनाको कारणको बारेमा छानवीन गरिने जानकारी दिइएको छ ।

चिनियाँ राजदूत वु सिले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र उनीहरुका आफन्तप्रति समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइते चिनियाँ पर्यटकलाई सहयोग गर्न दूताबासका कर्मचारी निर्देशन दिनुभएको छ ।

चिनियाँ दूतावासले न्यूजिल्याण्ड सरकारलाई घाइतेहरुलाई बचाउन प्रभावकारी कदम चाल्न, दुर्घटनाको कारण छिटो भन्दा छिटो पत्ता लगाउन आग्रहसमेत गरेको छ । सो दुर्घटना भएको समयमा २० भन्दा बढी व्यक्ति बसमा सवार रहेको न्युजिल्याण्ड प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja