हत्याको आरोपमा एक पक्राउ



पोखरा

हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गोरखाको चुमनुव्री गाउँपालिका–१ का ६८ वर्षीय तेन्जेङ दोर्जे लामाको हत्या गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय दोर्जे लामालाई बिहीबार पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका लामाले कुटपिट गरी तेन्जेङको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उहाँले बताउनुभयो । “लामाले मृतकलाई गुम्बा निर्माणका लागि राखिएको बालुवा चोरीको आरोप लगाई निर्घात कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “रिस थाम्न नसकी कुटपिट गर्दा लामाको मृत्यु भएको अनुसन्धानबाट पाइएको छ ।”

पक्राउ परेका लामाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja