जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति मुगाबेको निधन



पोखरा

जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित हुनु भएको थियो ।

उहाँले करिब चार दशक देशमा शासन गर्नु भएको थियो । केही समयदेखि बिरामी अवस्थामा रहनु भएका उहाँको गत अप्रिलदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो । उहाँका परिवारका सदस्यले मुगाबेको मृत्यु भएको बिबिसीमार्फत पुष्टि गरेका छन् ।

सन् २०१७ को नोभेम्बरमा सेनाले उहाँलाई अपदस्थ गरी नजरबन्द गरेको थियो । मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा भएको थियो । तत्कालीन सरकारको आलोचना गरेको आरोपमा सन् १९६४ मा जेल पर्नुभएका उहाँ मुद्दा नचलाई १० वर्षसम्म बन्दी जीवन बिताउनु भएको थियो ।

जिम्बाब्वे स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे देशको पहिलो प्रधानमन्त्री निवार्चित बन्नु भएको थियो । सन् १९८७ उहाँ राष्ट्रपति बन्नु भएको थियो ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुसङ्ख्यक काला जातिका मानिसलाई महत्व दिएर आफ्नो शासनकालको सुरुका वर्षमा उहाँ निकै लोकप्रिय हुनु भएको थियो ।

तर विवादास्पद भूमिसुधार नीतिका कारण देशमा ठूलो आर्थिक सङ्कट उत्पन्न भएको उहाँमाथि आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja