युएस ओपनः एन्ड्रेस्कु विजयी, सेरेनाको सपना चकनाचुर



पोखरा

क्यानडाकी १९ वर्षीया किशोरी बायना एन्ड्रेस्कुले यस वर्षको अमेरिकी ओपन लनटेनिस प्रतियोगिता जितेकी छिन् । बायनाको यो जितसँगै ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौं पटक यो उपाधि जित्ने सपना अधुरै रह्यो ।

सेरेनाभन्दा आधा उमेरकी बायनाले न्यूयोर्कस्थित आर्थर एस रंगशालाको फ्लसिङ मिडोजमा खेलिएको उक्त ग्रान्डस्लाम प्रतियोगिता ६–३, ७–५ को सोझो सेटमा जितिन् । बायनाको यो पहिलो ग्रान्डस्लाम उपाधि हो ।

क्यानडाकी कुनै किशोरीले ग्रान्डस्लाम जितेको यो पहिलो अवसर पनि हो ।

सेरेना विलियम्सले फ्लसिङ मिडोजको फाइनल हारेको यो लगातार दोस्रो वर्ष हो । सन् २०१८ को प्रतियोगितामा जापानकी नाओमी ओसाकासँग सेरेना पराजित भएकी थिइन् । बच्चाकी आमा सेरेनाको दुई वर्षअघि टेनिस खेलमा पुनरागमन भएको थियो । सेरेनाले हालसम्म २३ वटा ग्रान्डस्लाम प्रतियोगिता जितिसकेकी छिन् ।

खेलमा पराजित भएपछि बोल्दै सेरेनाले म रेकर्ड बनाउनकै लागि खेलिरहेकी छैन भन्नुभयो । उहाँले भन्नुभयो – आजको खेलमा मैले राम्रो खेल्न सकिनँ । मैले अझ राम्रो खेल्न सक्थें ।

विजयी एन्ड्रेस्कुले सेरेनासँग टेनिस खेल्न पाउनु आफ्ना लागि अहोभाग्य रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja