अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन



पोखरा

तिलागुफा नगरपालिकाका–७ टाकुल्ला कालीकोटस्थित अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन भएको छ ।

शुक्रबार राति आएको बाढीले शनिबारदेखि कालीकोट खण्डको उक्त राजमार्ग अवरुद्ध भएको थियो । आइतबार सडक डिभिजन कार्यालय जुम्ला र कालीकोटबाट आएको जेसिबीले दिनभरि बाटो निर्माण गरेपछि बेलुका ६ बजे सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

राजमार्ग अवरुद्ध भएपछि शनिबारदेखि अलपत्र परेका यात्रुले खान, बस्न र खानेपानी पाउन निकै गाह्रो भएको यात्रु रमाकान्त न्यौपानेले राससलाई बताउनुभयो । सडक सञ्चालन भएपछि आइतबार बेलुका यात्रु आ–आफ्नो गन्तव्यस्थलतिर लागेका थिए । शुक्रबार रातिको सो बाढीले टाकुल्लाको विद्युत्गृह, धानबालीमा समेत क्षति पु¥याएको स्थानीय लालकौरा शाहीले दुखेसो पोख्नुभयो ।

निर्माणाधीन टाकुल्लाको पुलमा पनि क्षति पुगेको छ भने त्यहाँस्थित घर पनि उच्च जोखिममा रहेको छ ।उक्त राजमार्ग ३६ घण्टा अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja