गण्डकीका ७ जिल्लामा १५ कोरोना संक्रमित थपिए
पोखरा
गण्डकी प्रदेशमा १५ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार आइतबार बिहान गण्डकी प्रदेशका ७ जिल्लाका १५ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबार कोरोना पुष्टि हुनेमा स्याङ्जा र गोरखाका १-१ पुरुष, नवलपुरका १ महिला, लमजुङ्, बाग्लुङ र पर्वतका २-२ पुरुष तथा तनहुँका ६ पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९२ पुगेको छ ।