रुकुम पश्चिमका कोरोना संक्रमित एक पुरुषको मृत्यु



पोखरा

कोरोना संक्रमणदर तीव्र हुँदै गर्दा रुकुममा फेरि एक जनाले ज्यान गुमाएका छन् । जिल्ला अस्पताल सल्लेको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनको राति साढे १२ बजे मृत्यु भएको हो। ती पुरुषलाई बिहीबार दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको थियो। केही दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

दोस्रो चरणको कोरोना शुरू भएयता रुकुम पश्चिममा ९६ जनामा संक्रमण पुष्टि भएको कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए। गत वर्ष र यो वर्ष गरी ३५८ जनामा कोरोना संक्रमण भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja