मुख्यमन्त्री नेपाली राहत प्याकेजसहित शुक्रबार ऋषिङ जादै



पोखरा

गण्डकी प्रदेश का मुख्यमन्त्रि कृष्णचन्द्र नेपाली पोखरेल राहत प्याकेजसहित दमौलीको बाढी पहिरोका कारण कैयौं घर क्षतिग्रस्त भएको र धनजनको नोक्सानी बेहोरेको ऋषिङ गाउँपालिकामा जाने भएका छन ।


मुख्यमन्त्रीको सचिवालयका अनुसार उनी शुक्रबार गाउँपालिकाको स्थलगत भ्रमणका लागि तनहुँ जादैछन् । बाढी पहिरोका कारण गाउँपालिकाका ३७ घर पूर्ण तथा ८६ घर आंशिक क्षतिग्रस्त छन् ।

त्यसक्रममा उनले प्रदेश सरकारको बजेटमा मर्मत भैरहेको श्रृंगपथ सडकको निरीक्षण तथा प्रभावितका लागि प्रदेश सरकारका तर्फबाट राहत वितरण गर्नेछन् ।

गाउँपालिकाले अति जोखिममा रहेकालाई स्थानान्तरणको प्रक्रिया थालेको छ । प्रदेशको विपद् कोषबाट समेत तत्काल राहत दिएका मुख्यमन्त्रीले अरु थप सहयोगबारे समेत सोही अवसरमा घोषणा गर्ने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री नेपाली ऋषिङबाट घिरिङ हुँदै गृहजिल्ला नवलपरासी क्षेत्र जानेछन् । त्यसक्रममा विभिन्न सडक र विकास निर्माणको समेत अवलोकन गर्ने कार्यक्रम रहेको संविधान सभासद रामचन्द्र पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja