चीनमा फैलियो डेल्टा भेरियन्टको संक्रमण , ४ सयभन्दा बढी मानिस संक्रमित



पोखरा

कोरोनाभाइरस को उद्गमस्थल चीनमा अहिले उक्त भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिन थालेपछि चीनभरिका अधिकारीहरूलाई सरकारले कोरोनाको नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको छ।

समाचार संस्था सिन्ह्वाका अनुसार उपप्रधानमन्त्री सुन चुनलानले बुधबार भएको महामारी रोकथाम तथा नियन्त्रणको बैठकमा परिस्थित एकदमै तरल रहेकाले संक्रमण नियन्त्रणमा नरहेको संकेत गरेकी छन्। उनले देशका विभिन्न भागमा संक्रमण देखिएकाले अब यो कसरी अगाडि बढ्छ भन्ने निश्चित नभएको बताइन्। पछिल्लो समय नानजिङ कोरोनाको नयाँ हटस्पट बनेको थियो। गत साता चुनलानले उक्त संक्रमण नियन्त्रणमै रहेको बताएकी थिइन्।

साउथ चाइना मर्निङ पोष्टका अनुसार तीन साताअघि नान्जिङबाट सुरू भएको डेल्टा भेरियन्टको संक्रमण अहिले चीनका १७ प्रान्तमा पुगिसकेको छ। ४ सयभन्दा बढी मानिस संक्रमित भएका छन्।

राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङका अनुसार चीनभरि १४४ क्षेत्रलाई मध्यम र अति जोखिम भएका क्षेत्र तोकिएको छ। गत डिसेम्बरयता पहिलो पटक यति धेरै ठाउँलाई जोखिमयुक्त सूचीनमा राखिएको हो।

कोरोना संक्रमण फैलिन थालेपछि विभिन्न सहरहरूले पूरै जनसंख्याको परीक्षण थालेका छन् भने कतिपयमा लकडाउन गरिएको छ।

चीनले अहिलेसम्म झन्डै १ अर्ब ७० करोड डोज कोरोना खोप लगाएको जनाएको छ। चीनले आफूले उत्पादन गरेको खोपमात्र लगाइरहेको छ। उसले बनाएका सबै खोप दुई डोज लगाउनु पर्ने छन्।

पहलो पटक भारतमा देखिएको कोरोनाभाइरसको डेल्टा भेरियन्टले निकै संक्रामक छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja