कुनै सुविधा नलिने घोषणा गरेका पुर्ब मुख्यमन्त्री गुरुङले गरेनन् गाडी फिर्ता
पोखरा
गण्डकी प्रदेश सरकारले पुर्ब मुख्यमन्त्रीलाई सुविधा दिने घोषणा गर्दा आँफुले कुनै सुविधा नलिने घोषणा गरेका पुर्ब मुख्यमन्त्री गुरुङले पदमुक्त बनेको दुईमहिना पुग्नलाग्दा पनि गाडी फिर्ता गरेका छैनन् ।
मुख्यमन्त्री रहदा गुरुङले पछि एक गाडी थप गरेर दुई गाडी प्रयोग गर्दै आएका थिए । त्यो मध्य एक गाडी भने गुरुङले अझै फिर्ता गरेका छैनन् । उनी मुख्यमन्त्री बन्दा सरकारले दिएको कालो गाडी अझै पनि फिर्ता गरेका छैनन् ।
पुर्ब मुख्यमन्त्रीले गाडी फिर्ता नगर्दा पनि बहालवाला मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गुरुङसंग गाडी फिर्ता माग्ने आँट नगरेको स्रोतको दाबी छ ।