राजनीतिक अवस्था जटिल बन्दै: अर्थमन्त्री बराल



पोखरा

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वडा कमिटी पोखरा–१० को आयोजनामा बुधबार पोखरामा आयोजना भएको राज्यद्वारा बेपत्ता पारिएका मजदुर नेता चमनलाल बरालको १९औँ खोजसभालाई सम्बोधन गर्दै शहीद र बेपत्ताको योगदानको उच्च कदर गर्दै अघि बढ्ने बताउनुभयो ।

माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहनुभएका मन्त्री बरालले अझै राजनीतिक अवस्था जटिल बन्दै गएको छ भन्नुभयो । सरकारले सुकुम्बासी समस्या आधारभूतरूपमा समाधान गर्ने विश्वास व्यक्त गर्दै मन्त्री उहाँले भन्नुभयो, “वर्तमान सरकारले नयाँ प्याकेज ल्याउँदै छ शहीद र बेपत्ताले देखाएको लक्ष्य र उद्देश्यलाई निरन्तर पछ्याइरहने छु ।”

चमनलालकी श्रीमती जमुना बरालले आफ्नो श्रीमान् हराएको १९ वर्षसम्म पनि पत्ता लगाउन नसकिएकामा दुखेसो गर्दै विगत तीन दशकदेखि बस्दै आएको पोखरा–१० स्थित नागिनटोलको जग्गाको लालपुर्जा उपलब्ध गराउन माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja