खोप लगाएका व्यक्तिबाट बढी संक्रमण फैलिने डर- पूर्व स्वास्थ्य मन्त्री गगन थापा



पोखरा

नेपाली कांग्रेस कास्कीका पुराना कार्यकर्ता रामचन्द्र केसीको १३ औं पुण्यतिथिमा पोखरामा बिहीबार आयोजित श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले खोप लगाएका व्यक्तिबाट बढी संक्रमण फैलिने डर रहेको बताए।

उनले नेपालमा कोरोना संक्रमण एक डेढ वर्षसम्म जान सक्ने पनि बताएका छन् ।

उनले भने, ‘खोप लगाएका हामीहरु आफू सुरक्षित छु भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालन नगर्दा खोप लगाएका व्यक्तिमा पनि संक्रमण बढ्ने डर बढिरहेको छ ।’

नेता थापाले अझै हाम्रा लागि केही महिना सबै उमेर समूहका नागरिकले कोरोना खोप नलगाएसम्म संक्रमणको चुनौती रहीरहने उनको भनाइ थियो । नेता थापाले स्व. सूर्यबहादुर केसीलाई नेपाली काँग्रेसले उच्च स्थान दिएको हुँदा उनको परिवारजन पनि राजनीतिमा सक्रिय हुन समेत सुझाव दिए ।

नेपाली काँग्रेस पोखरा वडा १४ का इकाइ सभापति बोधराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रमा कांग्रेस कास्की नेता शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञ थापा, कांग्रेस कास्कीका सभापति कृष्ण केसी, केसी परिवारतर्फबाट रोशन केसी लगायतले स्व. रामचन्द्र केसीले काग्रेसको इमानदार कार्यकर्ता रहेको समेत बताए ।

विगतमा बिपि कोइरालासँग नजिक रहेर काम गरेका स्व. रामचन्द्र केसीको कोरोना संंक्रमणका कारण ६२ वर्षको उमेरमा गत साउन ९ गते निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja