भन्सार छलीका ७० लाखभन्दा बढी मूल्य बराबरका मोबाइलसहित २ जना पक्राउ
पोखरा
भन्सार छलेर अवैध रुपमा भित्राइएको ७० लाखभन्दा बढी मूल्य बराबरका बिभिन्न ब्राण्डका ५९५ थान मोबाइल सेट सहित दुई जना चितवनको भरतपुर महानगरपालिका बस्ने ४३ वर्षीय अर्जु्न ढकाल र गाडीका चालक ४० वर्षीय इन्द्रलाल श्रेष्ठलाई पक्राउ गरिएको नवलपुर प्रहरी कार्यालयका डिएसपी दिलिप गिरीले जानकारी दिए ।
मोबाइल लोड गरिएको प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराति ११ बजे विनयीत्रिवेणी नगरपालिका–१ मा पर्ने राजमार्गबाट मोबाइल लोड गरिएको प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको गाडी नियन्त्रणमा लिइएको र सो गाडीबाट विना बिल भर्पाइका ५९५ थान मोबाइल बरामद भएको डिएसपी गिरीले जानकारी दिए ।
डिएसपी गिरीले भने, ‘यसबारे थप अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।’