बागलुङमा सक्रिय संक्रमित संक्रमितको संख्या बढ्दै



पोखरा

पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गएको देखिन्छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडाअनुसार बागलुङ जिल्लामा सक्रिय संक्रमितको संख्या ५८० पुगेको छ ।

बुधबार सक्रिय संक्रमितको संख्या ४९७ पुगेकामा अहिले बढेर ५८० पुगिसकेको छ । गत असार तेस्रो साता जिल्लाभर सक्रिय संक्रमितको सङ्ख्या घटेर २५४ मा पुगेको थियो ।

कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले पछिल्लोपटक एकैसाथ ८० नयाँ संक्रमित फेला परेको जानकारी दिए । ‘आज निको हुने थपिएपछि सक्रिय संक्रमितको संंख्या केही घट्न पनि सक्छ’, उनले भने ।

यसपछि भने संक्रमितको संख्या लगातार बढेको छ । यसरी केही समय थामिएजस्तो देखिएको संक्रमण दर फेरि उकालो लागेको हो । जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये संक्रमण दर २७.४ प्रतिशत छ जबकि नेपालको संक्रमण दर १९.०३ प्रतिशत मात्र छ ।

देशभरको तुलनामा निको हुने दर पनि यहाँ कम छ । नेपालमा निको हुने दर ९४ प्रतिशत छ भने बागलुङमा ९१ प्रतिशत । देशभर मृत्युदर १.०५ हुँदा यहाँ भने त्यो भन्दा कम ०.९९ प्रतिशत छ । कोरोनाका जिल्लामा हालसम्म ६३ जनाले ज्यान गुमाएका छन् ।

हरेक व्यक्ति स्वयं सतर्क र जिम्मेवार नभएसम्म संक्रमण रोकथाम गर्न नसकिने उहाँको भनाइ छ । होम आइसोलेशनमा रहेका संक्रमितलाई आफ्नो स्वास्थ्य स्थितिबारे विशेषरुपमा चनाखो बन्न चिकित्सकले सुझाएका छन् ।

संक्रमणले च्याप्दै लगेर अन्तिम अवस्थामा अस्पताल आउँदा कोरोनाको उपचार प्रभावकारी नहुने चिकित्सक बताउँछन् । पहिलो र दोस्रो लहरमा गरी यहाँका २२ हजार जनामा कोरोना परीक्षण गर्दा ६३०० बढी व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ । कोरोना नियन्त्रणका लागि खोप अभियान पनि चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja