बङ्गलादेशमा कोरोनाबाट एकै दिन २६४ जना संक्रमितको मृत्यु
पोखरा
बङ्गलादेशमा बिहीबार कोभिड–१९ का कारण एकैदिन २६४ जना संक्रमितको मृत्यु भएको बंगलादेशी अधिकारीहरूले जानकारी दिएका छन् ।
यो महामारी सुरू भएपछि एक दिनमा भएको अहिलेसम्मकै उच्च मृत्यु सङ्ख्या हो ।
यससँगै बङ्गलादेशमा मृत्यु भएका कोभिड सङ्क्रमितको सङ्ख्या कूल २१ हजार ९०२ पुगेको त्यहाँको स्वास्थ्य सेवा निर्देशनालय (डीजीएचएस) ले जनाएको छ ।
सरकारी तथ्याङ्कअनुसार बङ्गलादेशमा विगत २४ घण्टामा १२ हजार ७४४ थप सङ्क्रमित भएको पुष्टि गरिएको छ । योसँगै एशियाली यस मुलुकमा अहिलेसम्म सङ्क्रमित हुनेको कूल सङ्ख्या १३ लाख २२ हजार ६५४ पुगेको छ ।
बंगलादेशमा निको भएका बिरामीको कूल सङ्ख्या एक लाख १५ हजार ९४३ पुगेको डीजीएचएसले जनाएको छ ।
सरकारले दिएको जानकारीमा बङ्गलादेशमा अहिले कोभिड–१९ सङ्क्रमितको मृत्युदर १.६६ प्रतिशत रहेको छ भने हालसम्म ८७.४७ प्रतिशत सङ्क्रमित निको भएका छन् ।
यसअघि बङ्गलादेशमा एकै दिनमा सबैभन्दा बढी सङ्क्रमित सङ्ख्या जुलाई २८ मा १६ हजार २३० रहेका जनाइएको थियो । जुलाई २७ मा एक दिनमा सबैभन्दा धेरै २५८ कोभिड सङ्क्रमित बिरामीको मृत्यु भएको थियो । (रासस/सिन्ह्वा)