तनहूँमा अब यात्रुले देख्नेगरि गाडीमा भाडादर राख्नुपर्ने
पोखरा
तनहूँमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त प्रयासमा भाडाका सवारी साधनमा अब यात्रुले देख्नेगरि भाडादर राख्नुपर्ने भएको छ । बढी भाडा लिएको पाइए काडा कार्वाही हुने जनाइएको छ ।
साथै सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पूरा गर्ने गरी संचालनमा आएका सवारी साधनका चालक, सहचालक तथा यात्रुले मास्क लगाइको/नलगाएको समेत निरीक्षण गरेको गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, स्वास्थ्य मापदण्ड पूरा गरी सवारी संचालन गरे/नगरेको, यात्रुहरूसंग निर्धारित भाडादर भन्दा बढी भाडा लिएको/नलिएको लगायत अनुगमन गरी भाडादर नराखिएका सवारी साधनहरूमा यात्रुहरूले देखिने स्थानमा भाडादर टाँस्न लगाइएको बताइन्छ ।